बहुपक्षवादप्रति बढ्दो अविश्वास
barnanmedia.com · Tue Sep 29 21:15:00 GMT 2026

संयुक्त राष्ट्रसङ्घको महासभामा विश्वका नेताहरूले बहुपक्षीय सहकार्य र विश्व संस्थाप्रतिको विश्वास पुनःस्थापनाको आवश्यकता औँल्याए पनि संयुक्त राष्ट्रसङ्घले विश्वका गम्भीर समस्या समाधानमा अपेक्षित भूमिका खेल्न नसकेको धारणा व्यक्त गरेका छन् । सोमबार सम्पन्न महासभाको उच्चस्तरीय बैठकमा १५० भन्दा बढी राष्ट्रका नेताहरू तथा प्रतिनिधिहरूले सम्बोधन गरेका थिए ।
एल साल्भाडोरका विदेशमन्त्री अलेक्जान्ड्रा हिल टिनोकोले संयुक्त राष्ट्रसङ्घ अझै सान्दर्भिक छ कि छैन भन्ने प्रश्न उठाउनुभएको थियो । दोस्रो विश्वयुद्धपछि त्यस्ता विनाशकारी द्वन्द्व रोक्ने उद्देश्यले स्थापना भएको संस्थाको प्रभावकारितामाथि विश्वव्यापी चुनौती बढिरहेका बेला प्रश्न उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)