तुइनखोला पहिरोको रिपोर्टिङमा गएका दुई पत्रकारको दुर्घटना, ढकालको अवस्था गम्भीर
nepalpress.com · Tue Sep 23 17:11:49 GMT 2025

चितवन । तुइनखोला पहिरोको रिपोर्टिङ गर्न गएका चितवनका दुई जना पत्रकार दुर्घटनामा परेका छन् । नेपाल टेलिभिजनका संवाददाता अनिल ढकाल र नेपाल पत्रकार महासङ्घ चितवनका सदस्य जी न्युजका पत्रकार ससदन पौडेल दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा पत्रकार ढकालको अवस्था गम्भीर रहेको छ भने पौडेल सामान्य अवस्थामा उपचाररत छन् । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार ढकाल बेलुका ८ बजेको समाचारमा तुइनखोलाको पहिरोको अवस्था लाइभ रिपोर्टिङ गर्न जाँदै थिए । चितवन प्रहरीका अनुसार पत्रकार ढकाल र अर्का पत्रकार सुदन पौडेल रिपोर्टिङको लागि जाँदै गर्दा साँझ साढे ६ बजेतिर मोटरसाइकल र ट्रक ठोक्किएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)