उद्योग विभागका अधिकांश सेवा पूर्ण रुपमा अनलाइनः दर्ता, नवीकरणलगायत सेवामा सोमबारदेखि भौतिक आवेदन बन्द
techpana.com · Thu Jul 30 03:14:48 GMT 2026

काठमाडौं । उद्योग विभागले आफ्ना अधिकांश सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याउने भएको छ । विभागले एक सूचना जारी गर्दै आगामी सोमबार (१८ साउनदेखि) विभिन्न सेवाका लागि भौतिक रूपमा आवेदन तथा कागजातहरू दर्ता गर्न बन्न गर्ने जनाएको छ ।
विभागले नयाँ उद्योग दर्ता अनुमति (नेपाली लगानीका २५ करोड माथि स्थिर पुँजी भएका), इकाई उद्योग दर्ता, उद्योग स्थानान्तरण, पुँजी तथा क्षमता वृद्धि, अद्यावधिक, म्याद थप तथा नवीकरण, शेयर संरचना तथा शेयरधनी परिवर्तन लगायत कार्यहरू पूर्णरुपमा अनलाइन गर्ने भएको छ । यी सेवाहरू औद्योगिक व्यवस्थापन सूचना प्रणाली (आइएमआईएस) बाट अनलाइन मार्फत् मात्र उपलब्ध हुने र भौतिक आवेदन नलिने विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)