प्रेरक प्रसंग : लिंकनको अभिवादन
nayapatrikadaily.com · Wed Apr 10 00:11:00 UTC 2024

अमेरिकाका सोह्रौँ राष्ट्रपति अमेरिकाबाट दासप्रथा अन्त्य गरेकाले मात्रै चर्चित भएका होइनन् । उनी हरेक कोणबाट चर्चायोग्य थिए । उनका हरेक क्रियाकलाप प्रशंसा तथा चर्चाका विषय बन्ने गर्थे । एकपटक उनी आफ्नो घोडागाडीबाट कुनै कार्यक्रममा सहभागी बन्न कार्यक्रम आयोजना स्थलतर्फ गइरहेका थिए । उनको अघिपछि सुरक्षाकर्मी पनि घोडामै सवार भएका थिए ।
लिंकन बाटाका दायाँ–बायाँका सुन्दर दृश्यावलोकन गर्दै गइरहेका थिए । बाटामा हिँडिरहेका मानिसले उनलाई अभिवादन गरिरहेका थिए । उनी पनि तिनलाई त्यसैगरी अभिवादन फर्काइरहेका थिए । यस्तैमा बाटाको एक छेउमा काम गरिरहेका एक सामान्य मजदुरले उनलाई केही झुकेर अभिवादन गरे । उनको त्यस अभिवादनको जवाफमा अब्राहम लिंकनले पनि त्यसैगरी उनले भन्दा केही बढी नै झुकेर अभिवादन फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)