मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले केन्द्रीय कमिटीको बैठक आज, चुनावी रणनीतिमा ११ एजेन्डा तय

annapurnapost.com · Fri Aug 26 00:38:00 GMT 2022

काठमाडौं : नेकपा एमाले चुनाव केन्द्रित भएको छ। चुनावी रणनीति बनाउन एमालेको पोलिटब्युरो बैठक बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा प्रकाश पारे। साथै, उनले आज (शुक्रबार) बस्ने केन्द्रीय कमिटीको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने विषयहरू तय गरेको छ। केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने ११ को वटा एजेन्डा पारित गरेको छ। एमालेको केन्द्रीय कमिटीको बैठक १० र ११ गते हुन गइरहेको छ। चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको शपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरूको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने पनि एजेन्डा रहेको प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)