सत्ता गठबन्धनमा शक्ति बाँडफाँटबारे छलफल सुरु
nepallive.com · Fri Dec 23 00:30:00 GMT 2022
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा सकिनै लाग्दा सत्तारुढ गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे ‘औपचारिक’ छलफलमा जुटेका छन्। केन्द्रमा प्रधानमन्त्रीसहित महत्वपूर्ण पद र प्रदेश सरकारमा ‘प्याकेज’मा सहमति गर्नेगरी गठबन्धनका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो।
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य (सांसद)हरुले शपथ लिएको दिन बिहीबार गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)