दशैंलक्षित सुपथ मुल्यको पसल सञ्चालनमा
gorkhapatraonline.com · Tue Sep 23 17:35:55 GMT 2025

मकवानपुर उद्योग वाणिज्य संघले दशैंलाई लक्षित गरी सुपथ तथा सस्तो मूल्यको खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ । संघको आइतबार बसेको बैठकले असोज ७ गतेदेखि ११ गतेसम्म सो पसल सञ्चालन गर्ने निर्णय गरेको हो ।
संघले सुपथ बजारको मंगलबार उदघाटन गरेको छ । हेटौंडा –२ स्थित पल्पसा सदनको प्राङ्गणमा राखिएको सुपथ बजारमा १५ वटा स्टल राखिएको छ । जहाँ उपभोक्ताले दैनिक उपभोग्य सामग्रीहरू किन्न सक्ने छन् । स्टलमा चिनी, नुन, तेल, साबुन, सर्फ, चिउरा, फुरनदाना, दालमोठ, भुजिया, जिरा, धनियाँ, मसला, चियापत्ती, पिठोजस्ता आवश्यक सामग्रीहरू उपलब्ध छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)