नेता कार्यकर्तालाई कार्यक्षेत्र फर्कन पोखरेलको निर्देशन
gorkhapatraonline.com · Tue Dec 23 17:59:56 GMT 2025

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले महाधिवेशनमा भाग लिन काठमाडौं आएका नेता कार्यकर्तालाई आफ्नो कार्यक्षेत्र फर्कन निर्देशन दिनुभएको छ। मगलबार प्रदेश कमिटीको र जिल्लाको सचिवालयका सदस्यहरुलाई महाधिवेशनको सन्देश सन्दर्भमा भर्चुअल सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो ।
‘महाधिवेशनका लागि काठमाडौं आएर अझै यतै बसिरहनु भएकाहरुलाई कार्यक्षेत्र फर्किन भन्दै महासचिव पोखरेलले भन्नुभयो ‘महाधिवेशनको सन्देश,नेतृत्व छान्न गरेको उन्नत लोकतान्त्रिक अभ्यासका बारेमा कार्यकर्तालाई बताउनुहोस ।’ मंसिर २७ गतेबाट सुरु भएको ११ औं महाधिवेशन पुस ३ गते सकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)