मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्रीको भारत भ्रमण

annapurnapost.com · Tue May 30 00:18:00 GMT 2023

१७ गतेदेखि हुने प्रधानमन्त्रीको ४ दिने भारत भ्रमण केवल उनको राजनीतिक तुष्टिका लागि मात्रै नभई दुई देशीय हितअनुकूल बनाउने मामलामा उपलब्धिमूलक हुनुपर्छ। त्यसैमा भ्रमणको सफलता निहीत हुन्छ। प्रधानमन्त्री दाहालको भ्रमण सफल होस्, शुभकामना !

नेपाल र भारतको सम्बन्ध आजको होइन हजारौं वर्ष पुरानो हो। जनस्तरको हजारौं वर्ष पुरानो सम्बन्धलाई कूटनीतिक सम्बन्धमा जोडिएको ७५ वर्षभन्दा बेसी भइसकेको छ। भौगोलिक, सांस्कृतिक र आर्थिक सम्बन्धहरू प्रगाढ रहेका यी दुई देशबीच हुने उच्चस्तरीय भ्रमणले सम्बन्धलाई नयाँ आयाम दिन्छ नै। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको सफलता दुई देशका गम्भीर समस्याहरूको समाधान खोजीमा निर्भर हुने छ। दुई देशको निरन्तर सम्बन्धको निरन्तरताकै स्वरूपमा उच्चस्तरीय भ्रमण सीमित नहोस् भन्ने चासो यो भ्रमणलाई हुनु स्वाभाविक छ। छिमेकी र मित्रराष्ट्र भइकन भारतसँग नेपालले फुकाउनुपर्ने गाँठाहरू थुप्रै छन्, जसलाई एउटै भ्रमणले ‘छु मन्तर’ गर्न नसके पनि केही खुकुलोपन ल्याउन सक्नु पनि उपलब्धि हुनसक्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)