मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नदी कटानका कारण साँघुरिँदै बस्ती

nepalsamaya.com · Fri Apr 19 00:16:00 UTC 2024

म्याग्दी- म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको छ। म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने यो गाउँको ३६ रोपनी जग्गा म्याग्दी नदी कटानका कारण बगरमा परिणत भएको छ। नदी गाउँ भएको क्षेत्रबाट बगेको छ तर स्थानीयले नदी बगेको जग्गाको कर तिरिरहेका छन्।

बगरफाँटवासीले विसं २०५७ देखि हुँदै नभएको जग्गाको कर तिर्न बाध्य हुनु परेको हो। २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको अझैसम्म पनि कर तिर्दै आएको स्थानीय ओमबहादुर थापाले बताए। बगरफाँटस्थित ढलेबगरको विरौटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)