भारतले १७ वर्षपछि जित्यो टी-२० विश्वकपको उपाधि, दक्षिण अफ्रिकाको सपना अधुरै
farakdhar.com · Sat Jun 29 18:03:21 UTC 2024
नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो । उसले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो । भारतले पछिल्लोपटक सन् २००७ मा यो ढाँचाको विश्वकपको उपाधि जितेको थियो ।
दक्षिण अफ्रिकाको सपना भने अधुरै रह्यो । फाइनलमा भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)