मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण अफ्रिकालाई हराउँदै भारत बन्यो च्याम्पियन

deshsanchar.com · Sat Jun 29 18:18:45 UTC 2024

टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ। रोमाञ्चक फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको हो। भारत विरुद्ध बलियो अवस्थामा रहेको दक्षिण अफ्रिका अन्तिम केही ओभर समालिन नसक्दा भारत खेलमा फर्कदै च्याम्पियन बन्यो।

एकसमय ३० बलमा ३० रन चाहिएको अवस्थाबाट भारतले पुनरागमन गर्दै १४ वर्षपछि विश्वकप उपाधि जित्यो। भारतले २0११ मा एकदिवसीय विश्वकपको उपाधि जितेको थियो। टी-२० विश्वकपको भने भारतको यो दोस्रो उपाधि हो। यसअघि २००७ मा भारतले पाकिस्तानलाई हराएर च्याम्पियन बनेको थियो। जारी संस्करणमा भारत अपराजित रहँदै च्याम्पियन बन्यो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)