नौमती बजाएर पनि उठेन कर
ekantipur.com · Mon Sep 13 00:11:59 GMT 2021
काठमाडौँ — काठमाडौं महानगरपालिकाले साउन १६ र २५ गते सूचना जारी गर्दै घरजग्गा/सम्पत्ति कर नतिर्ने ठूला करतादाको नाम सार्वजनिक गर्यो । ७२ ठूला करदाताको नाम सार्वजनिक गरेसँगै कर तिर्न ३० दिने अल्टिमेटमसमेत दियो ।
करदातालाई सूचित गर्न घरघरमा गएर माइकिङ गर्ने, सूचना टाँस्ने काम भयो । भदौ ९ मा त महिला समूह नै लगाएर नौमती बाजासमेत बजाइयो । तर महानगरले अनुमान गरेजस्तो कर उठ्न सकेन । अहिलेसम्म १५ जना करदाताले मात्र कर तिरेका छन् । जसमध्ये ८ जनाले आंशिक र ७ जनाले पूरा कर चुक्ता गरेको महानगरअन्तर्गतको राजस्व विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)