नारायणीमा बेपत्ता भएका बालक मृत फेला
ekantipur.com · Sat Jun 29 16:25:50 UTC 2024
नवलपुर — पूर्वी नवलपरासीमा नारायणी नदीमा डुबेर बेपत्ता भएका एक बालक मृत फेला परेका छन् । गैंडाकोट नगरपालिका ६ राममन्दिरका ८ वर्षीय युनिस नेपाली नदीमा डुबेर बेपत्ता भएका थिए ।
साथीहरुसँग मिलेर नारायणीमा रहेको डुंगामा खेल्ने क्रममा अचानक चिप्लिँदा बेपत्ता भएका नेपालीको तीन दिनपछि शव भेटिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)