मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश सरकारको सहयोगबिना स्थानीय तहको विकास असम्भव : मुख्यमन्त्री सिंह

ekantipur.com · Sat Jun 29 16:05:09 UTC 2024

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेट सञ्चालन गर्न प्रदेश सरकार सचेत रहेको बताएका छन् । 'प्रदेशमा कृषि र पर्यटन पर्याप्त सम्भावना रहेको तर बजेट अभावमा सञ्चालन हुन सकेको छैन,' उनले भने ।

महोत्तरी चेम्बर अफ कमर्सले बर्दीबासमा आयोजना गरेको सम्मान तथा नागरिक सुलभ स्वास्थ्य अभियान सुरु गर्दै मुख्यमन्त्री सिंहले अभिभावक नभएका बालबालिकाको लालनपालन गर्न प्रदेश सरकार गम्भीर रहेको बताए । बर्दीबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले कृषिको उर्वरभूमि मधेशमा कृषिको कुनै योजना प्रभावकारी बन्न नसकेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)