धरानमा श्रमदान गर्न जान प्रचण्ड तयार
Ujyaaloonline.com · Tue Aug 16 23:48:18 GMT 2022
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानमा श्रमदान गर्न जान तयार हुनुभएको छ ।
आज मङ्गलवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईसँगको भेटमा प्रचण्डले आफू श्रमदानका लागि आउन तयार भएको बताउनुभएको हो । प्रचण्डसँगको भेटपछि मेयर साम्पाङले लेख्नुभएको छ, ‘आज प्रचण्डसँग भेट भयो, मैले उहाँलाई सर्दुखोलामा श्रमदान गर्न आउने निम्तो दिएँ, उहाँले हुन्छ भन्नु भो । हेरौँ कहिले आउनुहुन्छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)