प्युठान अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै
lokaantar.com

प्युठान जिल्ला अदालतमा दायर भएका मुद्दामध्ये आधा सम्बन्ध विच्छेदका परेका छन् । जिम्मेवारी सरी आएका र चालु आर्थिक वर्षमा दायर भएका सात सय चार मुद्दामध्ये तीन सय ४२ मुद्दा सम्बन्ध विच्छेदका रहेका स्रेस्तेदार गणेशकुमार गौतमले जानकारी दिए ।
एक सय ८० अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका र चालु आवमा पाँच सय २४ मुद्दा दर्ता भएका थिए । स्रेस्तेदार गौतमकानुसार आव २०७९÷८० मा फस्छ्र्यौट हुन बाँकीबाट ५१ र चालु आवमा दुई सय ९१ गरी तीन सय ४२ सम्बन्ध विच्छेदका मुद्दा परेकोमा दुई सय ६५ फस्छ्र्यौट भएका छन् । सम्बन्ध विच्छेदका मुद्दामध्ये सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम मल्लरानी गाउँपालिकाबाट परेका अदालतले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)