मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआई र प्रविधिको प्रयोगबाट नागरिकका समस्या सुल्झाउन सुदन गुरुङले ल्याए ‘द सिभिलियन फोर्स’

techpana.com · Thu Jan 01 18:12:29 GMT 2026

काठमाडौँ । परिवर्तन चाहने सबै नेपालीहरूलाई एकै ठाउँमा एकीकृत गर्ने भन्दै जेनजी अगुवा सुदन गुरुङ तथा द काउन्सिल अफ जेनजीको पहलमा ‘राष्ट्रिय एकीकरण अभियान’ र ‘द सिभिलियन फोर्स’ नामक प्लेटफर्मको घोषणा गरिएको छ । बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै गुरुङले राष्ट्रिय एकीकरण अभियान डटकमको टेस्ट भर्सन सार्वजनिक भएको जानकारी दिएका हुन् । यस प्लेटफर्मले आम जनताका समस्यालाई तल्लो तहदेखि नै संकलन गरी राज्यको केन्द्रसम्म पुर्‍याउने र समाधान खोज्ने पुलको काम गर्ने उनले बताएका छन् ।

गुरुङका अनुसार यस वेबसाइटमा मुख्यतया दुई प्रकारका एजेन्डाहरूमा काम गरिनेछ । राष्ट्रिय एजेन्डाअन्तर्गत मुलुकको समग्र समस्या, जस्तै; सरकारको अस्थिरता र यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा सामूहिक छलफल र समाधानको बाटो खोजिने छ । स्थानीय समस्या अन्तर्गत गाउँ-टोलका बाटो, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत समस्याहरूलाई नागरिकले सिधै रिपोर्ट गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)