मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस

ratopati.com · Tue Sep 29 22:47:14 GMT 2026

म्याग्दी । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी र पहिरोले जिल्लामा ठुलो जनधनको क्षति पुर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)