मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

barnanmedia.com · Tue Sep 29 22:46:17 GMT 2026

निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ ।

काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको छ । पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)