विश्वकप जितेसँगै टी–२० अन्तर्राष्ट्रियबाट कोहलीको अवकाश
nepalwatch.com · Sat Jun 29 19:05:18 UTC 2024
काठमाडौं ।
भारतले टी–२० विश्वकप २०२४ को उपाधी जितेसँगै भारतका स्टार खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट अवकाशको घोषणा गरेका छन् । उनको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल निकै सुखत हुन पुग्यो । उनको टिमले विश्वकप मात्र जितेन सो खेलका उनी म्यान अफ दी म्याच समेत बने । उनको ७६ रनको पारी भारतका लागि महत्वपूर्ण सावित भयो ।म्यान अफ दी म्याचको पुरस्कार लिएपछि उनले भने, ‘यो मेरो अन्तिम टी–२० अन्तर्राष्ट्रिय हो र मैले जे उपलब्धि चाहन्थे, त्यो प्राप्त गरे ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)