विवादबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त
nayapatrikadaily.com · Fri Apr 19 00:24:00 UTC 2024

सत्तागठबन्धनभित्रको रस्साकस्सीपछि सुदूरपश्चिममा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले, माओवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको समर्थनमा उनी प्रदेशको चौथो मुख्यमन्त्री बनेका हुन् । सोडारीको नियुक्तिमा नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने आपत्ति जनाएको छ ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्दै प्रदेश प्रमुख नजिर मियाँले बिहीबार नै पद तथा गोपनीयताको शपथ गराएका छन् । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह भने शपथग्रहणमा कार्यक्रममा सहभागी भएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)