दसैँ सुरु भएसँगै बेसी झर्न थाले भेडीगोठ
ratopati.com · Tue Sep 23 19:10:00 GMT 2025

बागलुङ। दसैँ नजिकिएसँगै लेकबाट भेडीगोठ बेसी झर्न थालेका छन् । वर्खायाममा करिब चार महिना लेकमा बस्ने गोठला आफ्ना बस्तुभाउ लिएर बेसी झर्न थालेका हुन् ।
जेठ दोस्रो सातादेखि लेक उक्लिने गोठालाहरू दसैँको पहिलो दिन घटनस्थापना सुरु भएसँगै बेसी झर्न थालेका हुन् । महिनौँ लेकमा बसेका गोठलाहरु परिवारसँग भेट्ने आशा बोकेर बेसी झरी रहेका छन् । बागलुङको निसीखोला, ढोरपाटन, तमानखोलालगायत क्षेत्रबाट स्थानीय वर्खाको समयमा बस्तुभाउ लिएर लेक उक्लिने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)