सरकारले रद्द गर्यो उपत्यकामा मेट्रो रेलमार्गको डीपीआर बनाउने सूचना
kendrabindu.com · Mon Jun 29 00:56:30 GMT 2026

काठमाडौं । उपत्यकामा मेट्रो रेलमार्ग निर्माण गर्न भन्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन आह्वान गरिएको सूचना रद्द गरिएको छ । निश्चित रुट छानेर रेल विभागअन्तर्गत मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले डीपीआर बनाउनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छान्न १ जेठमा सूचना आह्वान गरेको थियो । समय १ असारसम्म तोकिएको थियो । पछि थप गरेर ८ असारसम्म पुर्याइयो । तर यसको भोलिपल्टै ९ असारमा सूचना रद्द गरियो ।
रेल विभागले प्राविधिक कारण देखाउँदै तत्कालका लागि रद्द गरिएको सूचना आफ्नो वेबसाइटमा राखेको छ । विभागले भने दातृ निकायहरूको आग्रहअनुसार नै तत्काललाई सूचना रद्द गरिएको जनाएको छ । विभिन्न दातृ निकायहरूबाट आफ्नै खर्चमा अध्ययन गर्ने कुरा आएपछि यसमा थप छलफल गरेर सूचना निकाल्ने गरी अहिलेलाई सूचना रद्द गरिएको रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)