भक्तपुरका कति सहकारीले दिन सकेका छैनन् बचत फिर्ता ?
nagariknews.nagariknetwork.com · Sun Jun 07 14:56:39 GMT 2026

भक्तपुरमा अझै पनि ३० भन्दा बढी सहकारीले बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेको बताइएको छ । सहकारी अध्यादेशसम्बन्धी आइतबार भक्तपुरमा भएको छलफल कार्यक्रममा जनाइएअनुसार जिल्लाका चारमध्ये सबैभन्दा बढी सूर्यविनायक नगरपालिकाका १६ भन्दा बढी सहकारीले बचत रकम फिर्ता गर्न सकेका छैनन् । सूर्यविनायकपछि मध्यपुर थिमि नगरपालिकाका नौभन्दा बढी सहकारीले बचत रकम फिर्ता गर्न सकेका छैनन् । यस्तै भक्तपुर नगरपालिकाका चार र चाँगुनाराण नगरपालिकाको एउटा सहकारीले बचत रकम फिर्ता गर्न नसकेको बताइयो ।
शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरको २६औं स्थापना दिवसका अवसरमा आयोजित सहकारी अध्यादेशसम्बन्धी अभिमुखीकरण तथा असल ऋणी सम्मान कार्यक्रममा यी सहकारी तथा बचत संस्थाले बचत रकम फिर्ता गर्न नसक्नु संख्याको हिसाबले कम भएको बताइयो । कार्यक्रममा उनीहरूले देशभर ३२ हजार सहकारीमध्ये पाँच सय कम सहकारी संस्थाले मात्रै बचत रकम फिर्ता गर्न नसकेको तथ्यांक रहेको जनाइयो । त्यसकारण यी सहकारीको समस्यालाई लिएर सरकारले विधेयक ल्याएको पनि कार्यक्रममा बताइयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)