दुधकोशीको क्षमता ३५ मेगावाट थप गरिँदै
nayapatrikadaily.com · Fri Apr 19 00:24:00 UTC 2024

खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा बन्ने दुधकोशी जलाशय जलविद्युत् आयोजनाको जडित क्षमता ३५ मेगावाट थप गरिने भएको छ । यसअघि उक्त परियोजना ६ सय ३५ मेगावाटको बनाउने भनिएकोमा अहिले ६ सय ७० मेगावाटमा पुर्याउने गरी प्रक्रिया अघि बढाइएको हो ।
विशेष गरी बाधसँगै जोडिएको (ड्याम टो) विद्युत्गृहको क्षमता ३५ मेगावाट बढाउन लागिएको हो । यो परियोजनामा दुईवटा विद्युत्गृह हुनेछन् । त्यसमा ६ सय मेगावाटको मुख्य विद्यत्गृह खोटाङको धितुङ गाउँनजिक सुनकोशी नदीको देब्रे किनारमा बनाइँदै छ । त्यसमा ड्यामबाट सुरुङ बनाएर पानी लगिनेछ । त्यसबाहेक बाँधमै ‘ड्याम टो’ विद्युत्गृह बनाइनेछ, जुन विद्युत्गृह ‘ओभरफ्लो’ हुने पानीबाट चल्नेछ । उक्त विद्युत्गृह ३५ मेगावाटमा क्षमतामा सञ्चालन गर्ने डिजाइनको थियो । तर, अहिले त्यसबाट ७० मेगावाट विद्युत् निकाल्न सकिने देखिएको दुधकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले बताए । परियोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन अद्यावधिक गर्ने क्रममा यस्तो सम्भावना देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)