मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजार भाउ बढ्दा उपभोक्ता मारमा

gorkhapatraonline.com · Fri Apr 19 00:30:16 UTC 2024

काठमाडौँ, वैशाख ७ गते । दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि । सानोतिनो कमाइले परिवार धान्न गाह्रो भएको अनुभव सहकारीमा पैसा सङ्कलनको काम गर्ने विष्णुमाया क्षेत्रीले सुनाउनुभयो । दैनिक एक हजार रुपियाँले चार जनाको परिवारलाई सामान्य खाएर दुई छाक टार्न गाह्रो भएको अनुभव विष्णुमायाको छ । उहाँले भन्नुभयो, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।”

सबैभन्दा सस्तो (मोटा) चामल एक वर्षको बिचमा केजीमै २० रुपियाँ बढेर प्रतिकेजी ६५ बाट ८५ रुपियाँ पुगेको छ । दाल, गेडागुडी, चिनी, तेल, पिठो र अन्य खानेकुरा तरकारी सबै यसै गरी बढेका छन् । विष्णुमायाले काम गर्ने सहकारीले तीन वर्षदेखि मासिक २० हजार रुपियाँ तलबमा काम लगाउँदै आएको छ । विष्णुमाया त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । महँगीको चर्को मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)