मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुई मेट्रिकटन फोहोर व्यवस्थापनपछि सहज रुपमा बग्न थाल्यो वाग्मती…

kalakarmi.com · Sun Sep 04 00:19:08 GMT 2022

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ गरी दुई मेट्रिकटन नकुहिने फोहोर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४८६औँ हप्तामा वाग्मती मनोहरा दोभानमा सफाइ गरियो ।

सफाइमा प्रमुख अभियानकर्मी पूर्वमुख्यसचिव लीलामणि पौडेल, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, नागरिक सहयोग सञ्जालका अध्यक्ष मोहन पराजुली, लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध, लियो क्लब अफ काठमाडौं लर्ड बुद्ध, ढुङ्गेल समाज चिसापानी रामेछापका अध्यक्ष झनकराज ढुङ्गेल, वाग्मती फोहर उन्मूलन उपभोक्ता सङ्घ, स्थानीयवासी, आलोकनगर समुदाय एवं वाग्मती अभियाकर्मीले वाग्मती नदीभित्र राखिएको ठूलो ह्युम पाइपमा अड्किएको फोहर र नदीभित्रको फोहर व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)