मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनाङमै अड्किए पर्यटक

nepalnews.com · Wed Sep 30 00:44:41 GMT 2026

मनाङ। अन्नपूर्ण चक्रीय मार्गमा पर्यटक आउने याम सुरु भइसकेको छ। आइतबारदेखिको अविरल वर्षाले माथिल्लो मनाङमा हिमपात र तल्लो मनाङमा बाढी आएपछि मस्र्याङ्दी नदी थुनिएको छ। विपद्का कारण पर्यटक मनाङमै बस्न बाध्य भएका छन्।

मस्र्याङ्दी थुनिएपछि माथिल्लो मनाङ पुगेका पर्यटक उतै छन् भने तल्लो मनाङमा रहेका पर्यटक पनि रोकिएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। उनका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पास गर्ने पर्यटक पनि मनाङ नै फर्किएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)