करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको महिनाभरकाे राशिफल
ratopati.com · Thu May 14 19:45:08 GMT 2026

२०८३ जेठ महिनाको राशिफल ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य धन भावमा । बुध १५ गतेसम्म धन भावमा, १६ गतेबाट पराक्रम भावमा । शुक्र २४ गतेसम्म धन भावमा र २५ गतेबाट पराक्रम भावमा । बृहस्पति १८ गतेसम्म पराक्रम भावमा र १९ गतेबाट सुख भावमा । शनि खर्च भावमा । मङ्गल राशिमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावले धन सम्पत्ति फस्न सक्छ ध्यान दिनुहोला । टाउको, दाँत, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ । महिना भरिनै शनिको आद्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तर पनि शुक्र, बुध, मङ्गल र बृहस्पतिको अनुकूल प्रभावले आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट सन्तोषजनक नाफा हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायधिश, पत्रकार, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । सुरक्षा तथा अनुसन्धानको क्षेत्रमा नोकरी पाइने तथा बढुवा हुने योग रहेको छ । घरजग्गा तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)