प्रदेशका कर्मचारी फेरिँदा मुख्यमन्त्री बेखबर
ekagaj.com · Fri Sep 08 16:16:48 GMT 2023
पोखरा- प्रदेश केन्द्रीय शासन प्रणालीबाट संघीय प्रणालीमा गएको ६ वर्ष पूरा भयो । जहाँ संघ, प्रदेश र स्थानीय सरकार छन् । संघीयतामा तीन वटै सरकारले स्वतन्त्रता चाहन्छ । तर, नेपालमा यतिका वर्षसम्म पनि केन्द्रीकृत मानसिकताले सताएको छ । केन्द्रले शक्ति बाँडफाँटमा आनाकानी गर्दा प्रदेश र स्थानीय सरकारले संघीयताको राम्रोसँग अनुभूति गर्न पाएका छैनन् ।
संघीयतापछि छुट्टिएका सात वटा प्रदेश सरकारले केन्द्रले आफूहरूलाई अधिकार नदिएको बताउँदै आएका छन् । यसैका लागि समय समयमा सातै प्रदेशका मुख्यमन्त्रीहरू भेला भएर भलाकुसारी पनि गर्ने गरेका छन् । तर, त्यो छलफल मै सीमित हुने गरेको छ । सबै तहमा उस्तै स्थिति रहँदा कर्मचारी सरुवा बढुवामा पनि प्रदेश सरकार बेखबर भएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् । कर्मचारीका विषयमा संघ सरकारकै हालीमुहाली रहेको उनको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)