मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

युवामा बढ्दो मुटुरोग जोखिम

gorkhapatraonline.com · Wed Sep 30 00:28:33 GMT 2026

पछिल्लो समय नेपालमा मुटुरोगको समस्या युवावस्थामै देखिन थालेको छ । ३३ वर्षीय विकास शर्माको गत वैशाख महिनामा धुमधामसँग विवाह गर्ने तयारी हुँदै थियो । भक्तपुरमा बसोबास गर्दै आउनुभएका शर्माको फागुनमा निधन भयो । राति ११ बजेसम्म परिवारसँग टेलिभिजन हेरेर सुतेका शर्मा बिहान ९ बजेसम्म पनि नउठेपछि आमा बोलाउन जानुभयो । छोरालाई जति बोलाउँदा पनि नबोलेपछि ढोका फोरेर हेर्दा विकासको मृत शरीर मात्र थियो । पोस्टमार्टम गर्दा उहाँको हृदयाघात भएर मृत्यु भएको पत्ता लाग्यो ।

यो एउटा उदाहरण मात्र हो । विश्वमा अचानक मृत्यु हुनुको प्रमुख कारण हृदयाघात एक नम्बरमा रहेको छ । मुटुमा रगत प्रवाह गराउने कोरोनरी धमनी साँघुरिने तथा बन्द हुने समस्या लिएर कम उमेरका बिरामी अस्पताल पुग्ने क्रम बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)