सिके राउत डिस्चार्ज
setopati.com · Wed Aug 20 09:45:00 GMT 2025

जनमत पार्टीका अध्यक्ष सिके राउत उपचार गराएर डिस्चार्ज भएका छन्।
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उनको उपचार गराइएको थियो।
उपाध्यक्ष अब्दुल खानका अनुसार अध्यक्ष राउतको मिर्गौलामा पत्थरी देखिएको थियो। शल्यक्रिया गरी उक्त पत्थरी हटाइएको उनले बताए।
‘अध्यक्षज्यू उपचार गराएर आज डिस्चार्ज भइसक्नुभयो,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)