मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारतका गाउँगाउँ डुल्दै व्यापार गरिरहेका नेपाली

ekantipur.com · Tue Dec 23 18:14:09 GMT 2025

कञ्चनपुर — चिसो सुरु हुनै लाग्दा न्याना लुगा बोकेर गाउँघरमा धेरै फिरन्ते व्यवसायी पुग्छन् । उनीहरू कम्बल, ब्ल्यांकेट, स्वीटर लगायतका कपडा बोकेर घुम्ती व्यवसाय गर्छन् । यसरी व्यवसाय गर्नेमा धेरै सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशबाट आउनेहरू छन् ।

नेपालमा मात्रै होइन, उनीहरू सीमावर्ती भारतीय बजारमा समेत फिरन्ते रूपमा व्यवसाय गरिरहेका भेटिन्छन् । यसरी नै भारतको उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने टनकपुर र बनबासा क्षेत्रमा हिउँदमा घुम्ती व्यवसाय गरिरहेको अवस्थामा भेटिए कैलालीको लम्की चुहा नगरपालिका–३ थकालीपुरका ६३ वर्षीय धनलाल न्यौपाने । कालीकोटबाट लम्की बसाइँ सरेका उनले कालीकोट हुँदैदेखि टनकपुर क्षेत्रमा घुम्ती रूपमा व्यवसाय गर्न थालेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)