मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिमालयन क्यापिटल, नबिल इन्भेष्टमेन्ट र घोराही सिमेन्टबीच सम्झौता

abhiyandaily.com

काठमाडौं (अस) । प्रिमियममा साधारण निष्कासनको सम्बन्धमा हिमालयन क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिङ र घोराही सिमेन्ट उद्योगबीच सम्झौता गरिएको छ । हिमालयन क्यापिटलले नबिल इन्भेष्टमेन्ट बैंकिङसँगको संयुक्त सहकार्यमा घोराही सिमेन्ट उद्योगकोे ७९ लाख ४३ हजार कित्ता शेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न सम्झौता गरिएको हो । सम्झौतापत्रमा हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशी र घोराही सिमेन्टका सञ्चालक आदित्य संघईले हस्ताक्षर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)