मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

rajdhanidaily.com · Sun Sep 25 23:09:35 GMT 2022

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्राप्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्को १७ भदौको बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २७ भदौको निर्णय तथा प्रधानमन्त्रीको २७ भदौको पत्रका आधारमा निर्वाचन कार्यमा सेना परिचालन गर्न स्वीकृति प्रदान भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)