यूईएफए नेसन्स लिग : स्पेन, इंग्ल्यान्ड, स्विटजरल्यान्ड र स्लोभानियाको जित
barnanmedia.com · Wed Sep 30 01:19:40 GMT 2026
काठमाडौं । लामिन यामलको दुई गोलको मदतले विश्व च्याम्पियन स्पेनले यूईएफए नेसन्स लिगमा मंगलबार क्रोएसियालाई ४–१ ले पराजित गरेको छ । यस्तै चेक गणतन्त्रमाथि इंग्ल्यान्डले रचेको २–० जितमा ह्यारी केनले पनि गोल गरे ।
सेभियामा भएको खेलमा मार्क पुबिल र निको विलियम्सले पनि गोल गरे । यामलले गरेको पहिलो गोल भने सुरुआती ७५ सेकेन्डमै सम्भव भएको थियो । विश्वकप पछिको आफ्नो पहिलो खेलमा स्पेनले इंग्ल्यान्डलाई हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)