मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर

ratopati.com · Wed Sep 30 01:47:12 GMT 2026

रुपन्देही । मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित अन्तरराष्ट्रिय उडानका पर्खाइमा रहेको छ । विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको साढे चार वर्ष पुग्न लाग्दासमेत नियमित अन्तरराष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रुपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढेको छ ।

विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तरराष्ट्रिय उडानका लागि पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । प्रधानमन्त्री, पर्यटनमन्त्री, सङ्घीय सांसद तथा सम्बन्धित मन्त्रालय र निकायसमक्ष ज्ञापनपत्र, छलफल, धर्ना र आन्दोलनमार्फत माग राख्दै आए पनि अपेक्षित परिणाम नआएको व्यवसायीको गुनासो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)