मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘आ बाट आमा २’को डान्सिङ गीत ‘अचेल किन कान्छी’ सार्वजनिक

ratopati.com · Wed Sep 30 01:51:36 GMT 2026

काठमाडौँ । यहीँ असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा २’को गीत सार्वजनिक भएको छ। ‘अचेल किन कान्छी’बाेलकाे डान्सिङ गीतमा पल शाह,मलिका महत,आकाश श्रेष्ठ लगायत सामूहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ।

सामूहिक विवाहमा उनीहरूको नाच रहेको छ। दुलाहाहरूले समेत छमछमी नाचेका छन्। गीतको कोरियोग्राफी गंभिर विष्टले गरेका छन्। गीतमा शब्द, संगीत बाबुल गिरीले गरेका हुन् भने गायन रवि ओड र गंगा सोनामको रहेको छ। साथै सामूहिक स्वरमा भने शंकर सिङ ठकुरी,प्रेम राई अञ्जना खतिवडा,सुस्मिता दाहालको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)