कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
baahrakhari.com · Tue Feb 15 00:45:00 GMT 2022
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा विशेषगरी म्याद सकिएका कांग्रेसका भातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुनेछ । यस्तै, आसन्न स्थानीय तह निर्वाचन, महाअभियोग प्रस्ताव, अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसीलगायत विषयमा छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)