पद जोगाउन फिफा अध्यक्ष इन्फान्टिनोको रणनीति, फिफाका सदस्य राष्ट्रलाई २ अर्ब रकम बाँड्न तयारी
barnanmedia.com · Wed Sep 30 02:04:59 GMT 2026
काठमाडौं । फुटबल नियमनको सर्वोच्च निकायले फिफाले सदस्य राष्ट्रहरूलाई करोडौँ सहायता वितरणको तयारी गरेको छ । जियानी इन्फ्यान्टिनो अध्यक्षमा दोहोरिने तयारी गरेसँगै उनले सहायता रकम वितरणको प्रस्ताव फिफामा लैजान लागेका हुन् ।
१० वर्षे कार्यकालपछि उनी पुन : निर्वाचित हुने कसरतमा छन् । इन्फ्यान्टिनोले ६ वटै क्षेत्रीय महासंघका प्रमुखलाई अक्टोबर १५ मा सहायता रकम वितरणबारे बैठक हुने भन्दै पत्राचार गरेका छन् । ”फिफाको सुशासनको पालना गर्दै उचित प्रक्रियाबाट दिन मिल्ने उच्चतम आर्थिक सहयोगको पक्षमा म छु,” इन्फ्यान्टिनोले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)