जेनजी हो, अबको निशाना कर्मचारी: सुध्रिने कि लखेटिने ?
barnanmedia.com · Tue Sep 23 22:09:44 GMT 2025

नेपालमा हालै भड्किएको आन्दोलनलाई कतिपयले केवल राजनीतिक नेताविरुद्धको आक्रोश मात्र ठाने । तर गहिरिएर हेर्दा यो बुझाइ अधुरो छ । सडकमा उत्रिएका युवाहरुको आवाज केवल नेताको कुर्सी उखेल्नका लागि मात्र थिएनन् । भ्रष्ट नेताहरुको घर जल्दा, उनीहरू विस्थापित हुँदा, निर्वाचित सरकार र संसद् ढल्दा सबैलाई लागेको होला कि जनताले सारा उपचारको खोजी नेताहरुबाट गरेका छन् र यसअघि उनीहरुको वितृष्णा पनि राजनीतिक नेताहरुप्रति नै थियो । तर यति मात्र बुझाइले कथाको वास्तविकता बुझाउँदैन । प्रश्न अझ ठूलो छ— के वास्तवमै देशको यो दुर्गति ल्याउनेमा जिम्मेवार राजनीतिक नेता मात्र हुन् ?
अवश्य पनि होइनन् । सत्य के हो भने देशको यो हविगत हुनुको मूल जरा कर्मचारी प्रशासनमै गाडिएको छ । ढिलासुस्ती, घुसखोरी, अनियमितता, भ्रष्टाचार, कमिसन, नाफाखोरी सबै रोग नेताबाट होइन, कर्मचारीबाट सुरू हुन्छन् । कलम कहाँनिर घुमाउने भन्ने कुरा कर्मचारीकै दूषित मनोवृत्तिबाट सुरू हुन्छ । अझ अहिले त दलैपिच्छेका कर्मचारी संगठन छन् । नेतापिच्छे कर्मचारीका गुट छन् । वास्तवमा नेताभन्दा बढी स्थायी शक्ति बोकेका यिनै कर्मचारी र तिनका संगठन हुन् । नेता केही वर्षको लागि मात्र कुर्सीमा बस्छन्, तर कर्मचारी भने दशौँ वर्षसम्म फाइल घुमाउँदै, काम अड्काउँदै, सानो घुसदेखि नीतिगत भ्रस्टाचारसम्मको खेल खेल्दै राज्यका धमिरा बनिरहेका हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)