सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव, बिरामीलाई सास्ती
gorkhapatraonline.com · Wed Sep 30 02:31:48 GMT 2026

सरकारी अस्पतालमा रेबिजविरुद्ध दिइने एन्टी रेबिज भ्याक्सिन (एआरभी) को अभाव हुँदा बिरामी समस्यामा परेका छन् । स्याल तथा कुकुरको टोकाइका घटना बढ्दै गए पनि अस्पतालमा रेबिजविरुद्धको खोप अभाव हुँदा पीडितहरू निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन् ।
नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर, सरकारी स्वास्थ्य संस्थामै एआरभी खोपको अभाव हुँदा विशेषगरी आर्थिक रूपमा कमजोर बिरामीलाई थप आर्थिक भार परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)