जम्मू-कश्मीरमा जवानले सहकर्मीमाथि गोली चलाउँदा चारको मृत्यु
ratopati.com · Wed Sep 30 02:38:24 GMT 2026

काठमाडौँ । भारतको जम्मू-कश्मीरस्थित कठुआमा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ बसोहलीस्थित पावर प्रोजेक्टको सुरक्षामा खटिएका जवान अभिदेश कुमार सिंहले सरकारी एके–४७ राइफलबाट गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा सहायक कमान्डेन्ट अंकित कुमार पाण्डे, सब–इन्स्पेक्टर लक्ष्मण सिंह तथा कन्स्टेबल रफिक अहमद र सन्दीप कुमारको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)