म्याक प्रयोगकर्ताका लागि गुगलको नयाँ सुविधा, ‘Fn’ कीबाटै जेमिनी सक्रिय हुने
ictsamachar.com

काठमाडौं । गुगलले macOS मा जेमिनी प्रयोगकर्ताका लागि नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताले किबोर्डको तल बायाँ भागमा रहेको ‘Fn’ (फङ्सन) की केही समय थिचेर जुनसुकै विन्डोबाट सिधै जेमिनीसँग आवाजमार्फत संवाद गर्न सक्नेछन् ।
गुगलका अनुसार यो सुविधाले प्रयोगकर्ताले बोलेका कुरालाई स्वत: टेक्स्टमा रूपान्तरण गर्नेछ । साथै, ‘उम्’, ‘आह’ जस्ता अनावश्यक शब्द हटाएर सफा र व्यवस्थित ट्रान्सक्रिप्ट पनि तयार गर्नेछ, जसले नोट लेख्न र सामाग्री व्यवस्थित गर्न सहज बनाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)