मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ला लिगामा लेभान्टेमाथि रियल म्याड्रिडको ४-१ जित

ratopati.com · Tue Sep 23 22:40:00 GMT 2025

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले लेभान्टेमाथि ४-१ को सहज जित निकालेको छ । नेपाली समय अनुसार बुधबार बिहान सम्पन्न खेलमा रियलका स्टार खेलाडीहरू भव्य प्रदर्शन गर्दै टोलीलाई विजयी बनाए ।

खेलको २८औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि ३८औँ मिनेटमा फ्रान्को मास्टान्टुआनोले अर्को गोल थपे । दोस्रो हाफमा लेभान्टाका एट्टा इयोङले ५४औँ मिनेटमा गोल फर्काउँदै अन्तर घटाए पनि त्यसपछि रियलले पूर्ण नियन्त्रण कायम गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)