पुरानो घर सजाए, पर्यटकलाई लोभ्याए
deshsanchar.com · Sun Jul 14 17:15:18 UTC 2024

गण्डकी – फेवाताल सिरानको हर्पन खोला तरेर थोरै उकालो चढेपछि आइपुग्छ निरबाने गाउँ। प्रकृतिको काखमा सजिएको निरबाने आफैमा चित्रमय लाग्छ। ताल, हिमाल, खोलानाला र वनपाखा त्यहाँका आकर्षण हुन्। त्यही गाउँको बीचमा छ ५३ वर्ष पुरानो एउटा ढुङ्गेनी घर। जहाँ ३८ वर्षीय लक्ष्मण पराजुली सपरिवार बस्छन्।
विसं २०६८ तिरको कुरा हो। वैदेशिक रोजगारीका लागि उनी दुबई पुगे। नौ वर्ष उतै बिताए। काम र कमाई ठीकै थियो। एक्कासि उनले दुबई त्यागेर घर फर्कने निधो गरे। “बाह्र घण्टा कामको बोझ र तनाव सहन कठिन भएपछि गाउँमै केही गर्ने सोच लिएर स्वदेश फर्के”, उनले भने, “गाउँ आएपछि बुबाले बनाएको पुरानो घरलाई प्रबलीकरण गरेर क्याम्पिङ र ‘होमस्टे’ व्यवसाय सुरु गरेँ।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)