धन्न, बस्ती जोगियो
ekantipur.com · Mon Jan 16 00:55:33 GMT 2023
पोखर — पुरानै विमानस्थलतिर जहाज आइरहेको देखेपछि पोखरा पृथ्वीचोकका सञ्जय श्रेष्ठ आइतबार द्विविधामा परे । यती एयरको जहाज काहुँ डाँडापट्टिबाट बसपार्क हुँदै पुरानो विमानस्थलतर्फ सोझियो तर त्यहाँ अवतरण नगरी देब्रे मोडियो । जहाज कता जाँदै छ भन्ने पत्तो नपाउँदै ठूलो आवाज आयो । धूवाँको मुस्लो निस्कियो । उनी त्यतैतिर दौडिए ।
पोखरा–१५ चोरसाँघुनजिकै सेती खोचबाट एक सय मिटरको दूरीमा छ ब्लक उद्योग । माघे संक्रान्तिको दिन उद्योगमा बिदा थियो । कामदार क्यारमबोर्ड खेलेर समय बिताइरहेका थिए । बिहान १०ः५० बजे पुरानो विमानस्थलतिरबाट ब्लक उद्योग ताकेर हल्लिँदै–हल्लिँदै जहाज आयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)