१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
ratopati.com · Thu Jun 04 14:18:49 GMT 2026

काठमाडौँ । लामो समयदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको प्रतीक्षामा रहेका लाखौँ सेवाग्राहीका लागि सुखद खबर छ । स्मार्ट कार्डको चरम अभाव र छपाइमा देखिएको सुस्तता चिर्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रले छपाइ कार्यलाई अन्तिम चरणमा पुर्याएका छन् । सुरक्षण मुद्रण केन्द्रका अनुसार हालसम्म १५ लाख ७० हजार प्रति स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भइसकेको छ ।
केन्द्रले विभागसँग गरेको सम्झौताअनुसार पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा १७ लाख कार्ड छाप्ने जिम्मेवारी पाएको थियो । जसमध्ये अब निकै कम संख्यामा मात्र लाइसेन्स छाप्न बाँकी रहेको केन्द्रका उपसचिव गोपाल राज तिमिल्सिनाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)