पकेटमारबाट युरोपभरि नै पर्यटक हैरान
ekantipur.com · Wed Sep 20 16:55:53 GMT 2023
पेरिस — युरोपेली मुलुकमा भ्रमण गर्न आउने पर्यटकहरू पकेटमारबाट हैरानीमा पर्ने गरेका छन् । त्यसो त पकेटमारहरू जुनसुकै देशमा पनि हुन्छन् । तर युरोपमा जति पकेट मारिन्छ, त्यसबारे भने भ्रमणमा आउने कमैलाई थाहा छ । जसका कारण रमाइलो गर्न पुगेका पर्यटक पकेटमारबाट बिजोग हुने गरेका छन् । युरोपका केही देश पकेटमारीका लागि बदनाम नै छन् ।
युरोपमा प्रत्येक वर्ष हजारौं मानिस विदेशको यात्रा गर्दा बहुमूल्य चीजहरू चोरी भएर अत्यन्त हैरानीको सामना गर्ने गरेका छन् । पर्यटकहरू प्रायः नयाँ ठाउँको परिवेश र वस्तुस्थितिका बारेमा कम सचेत हुने र युरोपमा सुरक्षा छ भन्ने बढी आत्मविश्वासले पनि पकेटमारहरूलाई सहज बनाउने गरेको छ । व्यस्त क्षेत्र र लोकप्रिय पर्यटकीय आकर्षण वरपर यात्रुहरू पकेटमारको सिकार हुनबाट बच्न विशेष रूपमा सतर्क हुनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)